
नेपाल र मौरिसस बिचको मैत्रिपुर्ण खेलमा बिमलको गोल संगै नेपालको जित
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । आज भएको नेपाल र मौरिसस बिचको मैत्रीपुर्ण खेलमा मौरिससलाई १–० को अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो ।
खेलको दोश्रो हाल्फको ५५ औ मिनेटमा अन्जन बिष्टले दिएको पासलाई सदुपयोग गर्दै वन भर्सेस वन बिमल घर्ति मगरले मौरिससको पोष्टको जालि चुमाएको हो ।
बिमल घर्ति मगर झण्डै २ बर्ष पछी राष्ट्रिय टोलीमा फर्केका हुन् । यस अघी खुट्टामा लागेको चोटका कारण उपचारत थिए उनी ।
दुई देश बिचको मैत्रीपुर्ण खेलमा अफ्रिकन राष्ट्रलाई हराएको यो पहिलो रेकर्ड हो । खेलमा बिमल घर्ति मगरले गरेको एक मात्र गोल निर्णायक गोल बनेको छ । बिमल घर्ति मगर खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित भएका छन् । ट्रफी सॅगै उनले नगद रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
मैत्रीपुर्ण खेलको दोश्रो खेल मंगलबार दिनको ४:४५ हुने छ ।
