Banner

मेयर एरिक आडम्स अभियन्ता नवराज केसिको आमाको १३ औ दिनको पुन्यतिथीमा सहभागी हुदै ‘आमा’ सम्झिए

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कका मेयर एरिक आडम्सले आफ्नी आमाप्रति विशेष सम्मान प्रकट गर्दै आएका छन् चुनावी अभियानका क्रममा सन् २०२० माआमा गुमाएका उनले प्राइमरी चुनाव गत नोभेम्बरको मेयरको चुनावमा आफैलाई मतदान गर्दा आमाको तस्वीर बोकेका थिए भने नयाँबर्षको दिन सपथग्रहण गर्दा पनि एउटा हातमा बाइबल अर्को हातमा आमाको तस्वीर बोकेका थिए

आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्य नारायण मन्दिरमा न्युयोर्क सिटी काउन्सिलको प्राइमरीका डेमोक्रेटिक उम्मेदबारसमेत रहेका नवराज केसीकी आमाको १३ दिनको पुण्यतीथिमा श्रद्धाञ्जली दिन शोकाकुल परिवारलाई समवेदना दिन उपस्थीत मेयरएरिक आडम्सले श्रद्धाञ्जली मन्तव्यको क्रममा आफ्नी आमालाई सम्झिए आडम्सले आफू चुनावी अभियानका क्रममा रहेको बेलाआमाले अन्तिम स्वास लिइरहेको खबर आएपछि आमालाई भेट्न जाँदाको पीडायुक्त क्षणको स्मरण गरे

आफ्नी आमासँग बिताएका क्षणहरु स्मरण गर्दै उनले भने – ‘उहाँका जना बच्चाहरु रहेका थिए तर उनले सबैभन्दा बढी मलाई मायागर्नुहुन्थ्यो उहाँको सबैभन्दा मनपर्ने सन्तान थिएँ

केसीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर आडम्सले भने – ‘जीवन स्थायी छैन तर तपाई आफ्नो आमाको कोखमा जन्म लिन पाएकोमाधन्य हुनुहुन्छ यो नै जीवनको सर्कल हो त्यसैले हामीले उनीहरुले जीवनमा भोगेका खुशीको स्मरण गर्दै व्यक्तिको महाप्रस्थानकोउत्सव मनाउनुपर्छ

मैले भेटेको पहिलो दिनमा नै नवराजमा एकदमै धेरै माया, सहयोग कामप्रति समर्पण पाएको थिएँ अरु कोही नभएको अवस्थामातपाई मसँग हुनुभएको कुरा मैले कहिलेपनि बिर्सन्न तपाईको सहयोग मित्रता मेरा लागि निकै महत्वपूर्ण आज यो सिटीमाजहाँ काम गरिरहेको भएतापनि मेरा भाई नवराजका लागि आउन चाहें ’ –  न्युयोर्कमा हिमपातपछिको अवस्थामा अत्यन्तै व्यस्त रहेकामेयर आडम्सले भने

एरिक आडम्सले अगाडि भने – ‘उहाँजस्तो आमा पाएकोमा नवराज जस्तो अशल व्यक्तिलाई जन्मदिएकोमा हामी आमाप्रति खुशीहुनुपर्छ तपाईजस्तो छोरा जन्माएकोमा तपाईको आमा तपाईप्रति गर्व गर्नुहुन्छ हामीपनि तपाई प्रति गर्व गर्दछौं तपाई जो हुनुहुन्छ, त्यसका लागि धन्यवाद तपाई जस्तो सन्तान जन्माएकोमा आमालाई पनि धन्यवाद

एरिक आडम्स न्युयोर्कमा रहेका नेपालीमाझ समेत लोकप्रिय रहेका छन् उनलाई नेपाली समुदायका तर्फबाट इन्डोर्स समेत गरिएको थियो ।साथै नेपाली समुदायले समेत उनलाई चुनावी अभियानका क्रममा फण्डरेजमा सहयोग गरेका थिए

आडम्सले कोरोना महामारीमा न्युयोर्कको नेपाली समुदायलाई उल्लेख्य सहयोग समेत गरेका थिए साथै कोरोना महामारीमाअग्रपंक्तिमा रहेर योगदान दिने नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेका थिए नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुदै आएका आडम्स न्युयोर्कको नेपाली समुदायको पहिलो छनौट रहेका थिए

 

 

Loading...