
आईडिजी संगको समन्वयमा एनआरएन न्युयोर्क च्याप्टरले नेपालीहरुलाई बिभिन्न सेवा निशुल्क प्रदान गर्ने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । एन.आर.एन.ए. एनसिसि अमेरीका, न्युयोर्क च्याप्टरले आईडिजी (ईन्डिपेन्डेन्ट ड्राईबर गिल्ड) संगको समन्वयमा न्युयोर्क र आसपासको क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सेवाको निमित्त बिभिन्न किसिमका काममा सहयोगी बन्ने भएका छन् ।
ईन्डिपेन्डेन्ट ड्राइबर गिल्ड लिगल (आईडीजी लिगल) सँगको समन्वयमा एनआरएनए न्युयोर्क च्याप्टरले निम्न उल्लेखित सेवाहरू निशुल्क उपलब्ध गराउने भएको हो।
लिन सक्ने सेवाहरू यस प्रकारका रहेका छन्:-
• ग्रीन कार्ड वा नागरिकता मुद्दाको बारेमा वकिलसँग परामर्श
• ग्रीन कार्डको नवीकरण
. वर्क परमिटको नवीकरण
• शरणार्थी र शरणार्थीहरूको लागि ग्रीन कार्ड आवेदन
• नागरिकता आवेदन सहयोग
• सर्तहरू हटाउने
• DACA नवीकरण
• शरणार्थी र शरणार्थीहरूका लागि यात्रा कागजातहरू
• नागरिकता प्राप्त गर्न दिईने परिक्षाको तयारी कक्षाहरु
एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिंग शेर्पाले दिनु भएको जानकारीका अनुसार :- “आईडिजीले पहिलेन्युयोर्कमा कार्यरत ट्याक्सी र उबर/लिफ्ट चालकको हक र अधिकारको लागि मात्र काम गर्थ्यो । तर पछी उनिहरुले काम गर्ने क्षेत्र फराकिलो पारी आबश्यक सहयोग चाहिएका सर्बसाधारणलाई पनि सहयोग र सेवा दिन सकिने जानकारी प्राप्त भएपछी न्युयोर्क र आसपासमा बस्ने नेपालीहरुले निम्न किसिमका सेवा र सहयोग निशुल्क प्राप्त गर्न सक्छन भने यो त निकै राम्रो कुरा हो भनि आईडिजीसंग सहकार्य गरेका हौ ।”
काम गर्ने क्रममा दुर्घटना भई घाइते भएमा पनि कामदार क्षतिपूर्ति प्राप्त गर्न समेत मद्दत गर्ने भएका छन् ।

