Banner

म ३० बर्षको उमेर मै थाके , दिपीन न्यौपाने

 

 

 

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

दिपीन न्यौपाने । हिजो काठको बाकसमा कुना तिर फर्किएर तिम्रो लागि चढाएका ति फुलका गुच्छा, अनि जीवनका ३० औँ बसन्तका तिता अनि साह्रैमिठा कथा या नाट्य मन्चन जस्तै सपनी आज पर्दा भित्रको नाट्य मन्चन कानमा अनि दिलमा सधैं गुन्जिरहन्छन्। नाटकका कुनै पात्रभेटिन्छन् कुनै शीर्षक समय यस्तो नहोस् यो चाहीँ होस्, त्यो तिम्रो चाहना अनि मेरा चाहना बह्सभन्दा निकै टाढा थिए। गल्न लागेकोकाँध थाकिसकेको जिम्मेवारी पन्छाउदै तिम्रो गलेका हात थाकेका जिम्मेवारी मेरा काँधसम्म सुम्पिन समयले पक्कै दिएन। समयनिर्धयी या दैव खोसेर भएपनि मेरा काँधसम्म कति सजिला कति पल गर्हौ भारि बोकाईदियो।जतिनै खुट्टा लर्वराए पनि टक्क अडिएरहिड्ने आँट बटुल्दै छु।

 

निभ्न लागेको दियोमा तेल थप्दै चम्किलो बनाउने प्रयासमा ३०औँ सिढी आज अन्नधुन्न पार गरेको पत्तै भएन समाज नातासम्मगाँसिएको सम्बन्ध आजसम्म कसरी पार गरे जब उमेरको ३१ लागेपछि तिम्ले बाल्दै आएको दियो हेरे टक्क रोकिए, कतै मक्काउदैगरेको देखे, कतै जलाउन तेल फ्याक्दै गरेको देखे, रिसले चुर भएँ बिस्तारै मन शान्ति पारे, अनि मुसुक्क हाँसे यी सबै तिमी तिम्रारगतसंग गाँसिएका नाता रहेछन् मनोरञ्जनमा व्यस्त रहेछन् बाबा ५० बर्ष सम्म पनि थाक्नु भएन ३० बर्ष मै थाकिसके, धेरै सम्झनाबाबा

नौ महिनाको विछोडपछि चुडिएको आशाका पालुवा पलाउदैछन् तिमिसीत गाँसिएका नाताभन्दा फरक तिम्ले जीवन वलिदान दिन पछिनहटि चडेका पाखा ,पखेरि, नाला ताल घन्टौ पानी लिन वेँशी झर्न पर्ने जुम्लाकि गितादेवि घरको आँगनिमा तिम्ले जोडिदिएको धारामापानी भर्दै आँशुका ढिक्का खसाल्दै मेरो मोबाइलमा घन्टि बजाउँछिन। ऋणले उकासिन भारत हुम्मिने रोल्पाका काशीनाथ दाइ तिम्रोसिकाएका उद्यमशीलका तारिफ गर्दै बुलेरोमा सामान ढुवानि गर्दै सान्तवनाका मिठा वाणी मेरा मोबाइलमा घन्टि बजाउँछिन्।

छोरिलाई विद्यालय पढाउन हुन्न भन्ने डोल्पाकी अष्टलक्ष्मी दिदी तिम्रो प्रेरणाका गुण सम्झिदै नेपाल सरकारको उच्च तहको कुर्सी घुमाउदैमेरो what’s app  मा जोडिन्छिन आज तिम्रा मेरा मोबाइलमा सन्चय गरेर राखेको सम्बन्धका फोनका घन्टि भन्दा बढि तिम्ले बनाएका विताएका ४०औँ बसन्तका घन्टि ७औ प्रदेश वाट ७औँ महिना लगाएर मेरा १० वटा नम्बर तिम्रा सम्झनामा मेरा मोबाइलमा घन्टिबज्छन्।

    I miss you and respect my father ..

जुन हिम्मत जुन ठाउँमा देखाउनुभयो ७औँ प्रदेशका कुना कन्तरा, भिर पाखा आज ती नबजेका घन्टी भन्दा करोडौं गुणा मेरा लागि दुखमासान्तवना दिनु मार्गदर्शन जीवन मेरा लागि करोडौं गुणा प्रेरणादायिक छन् बाबा। सयौं रुपैयाँका निमन्त्रणा का बाहिरी रङ्गगिन भित्रिधमिला सम्बन्धका काड भन्दा तिमिले बनाएका खुट्टाका ठेला धर्सिएर पार गरेका चट्टाननै मेरा लागि ती बजेका घन्टिनै कहिल्यै नबिर्सनेमेरा लागि निमन्त्रणा पक्कै बन्नेछन् बाबा। हृदय देखि नै सम्मान

 

 

Loading...