
नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु’ द्वारा पाईलट बिजय लामाको राजिनामा माग

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । नेपाल वायुसेवा निगममा कार्यरत ‘क्याबिन क्रु‘ (परिचारिका र परिचारक) द्वारा पाइलट विजय लामाले नियमसंगत काम नगरेको आरोपलगाउँदै राजीनामाको माग गरेका छन् ।
‘क्याबिन क्रु‘ अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक समेत रहेका लामालाई क्रु डिभिजन बाट निकाल्न माग गर्दैनेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराजजुहार्चनलाई ज्ञापन बुझाएका हुन् ।
संघको पहिलो बैठकले निर्णयमा लेखेको छ : “पाईलट लामाको कार्य शैली सन्तुष्टिजनक नभएको, विधिसंगत नियम पालना नगरीआफूखुसी निर्णयहरु गरेको र हामी विमान परिचारिका र परिचारकको मनोभाबना बिपरित काम गरेकोले हाम्रो मनोबलमा नकारात्मकअसर पर्यो ।”
उनीहरुले निगम व्यवस्थापनलाई श्रम ऐनविपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालकोकायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजिन प्रमुखमा महिलाकर्मचारीलाई प्राथमिकतामा दिनुपर्ने लगायतका माग समेत गरेका छन् ।
पाइलट लामा ५८ वर्ष उमेर पुगेकाले उमेरको हदका कारण एक महिनापछि अनिवार्य अवकाश पाउँदैछन् । निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु छन् । जसमा एयरहोस्टेस (महिला) १०६ छन् भने ५२ स्टेवार्ड (पुरुष परिचारक) छन् ।यिनमा ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् । बाँकी सबै करारमा कार्यरत छन् ।
केबिन क्रु सदस्य द्वारा जारी निबेदन
