
अरुण नदीको बेलिब्रिज भाँचिदा तीनवटा ट्रक नदीमा खसे

मकै हाउस टिभी एण्ड न्युज,
सङ्खुवासभाको मकालु गाउँपालिका १ र ५ जोड्ने बेलिब्रिज भाँचिएको छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दिएको जानकारी अनुसार : आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको पनि बताउनु भयो । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको छ ।
पुलको भन्दा बढी क्षमता भएको सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिए पछी आवतजावत पनि ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए । एकै पटक पुल तर्ने क्रममा पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीच पुलमा अल्झिएको अवस्थामा रहेको पनि उनले बताए।
बेलिब्रिजको निर्माण २०७५ सालमा भएको हो ।