
राप्रपा परित्याग गरेका कमल थापा पुन:आफ्नै पुरानो पार्टीमा प्रबेश

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी पहिले नै परित्याग गरेका कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा पुन:प्रवेशगरेका छन् ।
लाक्पा तामाङको नेतृत्वमा निस्क्रिय रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापाले राप्रपा परित्याग गरेको एक सातामै थापाराप्रपा नेपालको अध्यक्ष बनेका छन् । लाक्पा तामाङले आइतबार विज्ञप्तिजारी गर्दै आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेकोजानकारी दिएका छन् । उनले आफू यही पार्टीमा रहने र यसलाई बलियो बनाउने दाबी गरेका छन् ।
अध्यक्ष पद ग्रहण गरेका थापाले विज्ञप्ति जारी गर्दै शुभचिन्तक र निकटस्थहरूको सुझाव/सल्लाह बमोजिम पुरानो पार्टीलाई पुनर्जाग्रितगरेको जनाइदै बिज्ञप्ति संगै आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छन् ।
“देशको धरातलीय यथार्थ र साथीहरुको सुझाव अनुसार हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ।केही समयको अलमल पछिघर फर्केका छौँ।यो कार्यलाई सार्थक तुल्याउने राप्रपा नेपालका नेता लाक्पा तामाङलाई धन्यवाद। राप्रपा नेपालमा आवद्ध हुन रसकारात्मक परिवर्तनमा सहभागी हुन सबैमा अपिल गर्दछु”
