Banner

पशुपति क्षेत्रमा भगवानको चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान्शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्

बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्नदेवीदेवताका चित्रसहितकावाल पेन्टिङगर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए उनले भने, “महाशिवरात्रि पर्वआउँदै , पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव विभिन्न देवीदेवताका चित्रसहितकावाल पेन्टिङगराएर सजाउनुहोला यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न यहाँ फूल प्रसाद बिक्रीगर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिनुभयो

निरीक्षणकै क्रममा मन्त्री आलेले भने, “पशुपति क्षेत्रमा जताततै फोहरको थुप्रो , पर्खाल वरिपरि दिसा, पिसाबले भरिएको , सबै सफाराख्नुस् पर्खालमा भगवान्का चित्र चित्रण गर्नुस् उनले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृतछलफल गर्नसमेत आग्रह गरे देश विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा आकर्षण बढाउन पशुपतिको अहिलेकोअव्यवस्थालाई पूरै हटाएर व्यवस्थित आकर्षक बनाइने मन्त्री आलेले बताए पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमारथापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताए रासस

 

 

Loading...