
आशिष राना ‘लाउरे’ हिरासत बाट रिहा भएका छन् ।

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । प्रहरीले गत पुस १४ गते लागू औषध प्रयोग तथा कारोबार गरेको अभियोगमा आशिष राना ‘लाउरे’ सहित चार जनालाई पोखराको पृथ्वी चोकबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
कास्की प्रहरीको हिरासतमा रहेका चर्चित र्यापर आशिष राना ‘लाउरे’लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज मंगलबार रिहा गरेकोछ ।
लाउरे समेत गरी ४ जना लाई थप अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेको थियो ।
आशिष राना ‘लाउरे’ स्व. यम बुद्ध द्वारा संचालित “रअ बाज” र्याप ब्याटलमा युनिक पोईट संगको ब्याटल पछी एकाएक चर्चामा आएका थिए ।
