
बहु प्रतिभाका खानी बरिष्ठ कलाकार जयनन्द लामाको निधन

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ ।पचास बर्ष अघि देखि गायन यात्रा बाट आफ्नो कलाकारीताको यात्रा शुरू गरेका ख्यातिप्राप्त बहु प्रतिभाका खानी बरिष्ठ कलाकार जयनन्द लामाले बुधबार बिहान २ बजे भौतिक संसारबाट बिदा लिनु भएको छ ।
२०२७ सालबाट गायन बिधालाई अंगाल्दै ‘मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, के को साँचो डल्लीरेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं जिबन्त गितहरु गाउनुभएका जुन गितहरु अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । गायन बिधा संगसंगै निर्देशन, संगित रचना, लेखन र अभिनयमा पोख्तकलाकार लामा पछिल्लो समय निकै नै माग भएका अभिनेताका सुचिमा समेत हुनुहुन्थ्यो ।
