
यस्तो परिस्थितिमा एमसीसी पास नगर्दा देश झनै ठूलो सामरिक द्वन्दमा फस्छ – डा. भट्टराई

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं। अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेददेखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन्।
MCCको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न।यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाॅ समीकरण बन्नुपर्यो!अर्को बाटो छैन!
— Baburam Bhattarai (@brb1954) February 22, 2022
उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन्। तर, अहिलेको परिस्थितिमा यो सम्भवदेखिँदैन। पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहेपनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन्। जसपाभित्र पनि दुई धार छ। गठबन्धनकोनेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन। भट्टराईले अर्को विकल्प अगाडि सारेका छन् – नयाँ समीकरण। नयाँसमीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमतिजुटेको छैन।
खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धनभत्काउनुपर्ने’ सर्त राखेका छन्। भट्टराई लेख्छन्, ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो। सामान्यसंसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिकद्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपपर्यो ! अर्को बाटो छैन !’
