Banner

नायक पल शाह विरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता

 

मकै हाउस टिभी एण्ड न्युज,

पोखरा । एक गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार ती गायिकाका आफन्तले बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो । यसअघि उनीहरू कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, जबर्जस्ती करणीको घटना तनहुँमा भएको भन्दै कास्की प्रहरीले उजुरी लिए । त्यसपछि कास्की प्रहरीकै सल्लाहमा उनीहरूले तनहुँ प्रहरीमा उजुरी दिएका हुन् । उजुरीमा आफू नाबालिग रहेका बेला जबर्जस्ती करणी गरेको दाबी गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

 

 

Loading...