
६ बर्ष देखि न्युयोर्कको हर्लेम अस्पतालको कोमामा रहेका हेमु राना मगरको मृत्यु

मकै हाउस टिभी एण्ड न्युज
न्युयोर्क । २०१६ साल (६ बर्ष) देखि प्यारालाईसिस र फोक्सोमा देखिएको समस्याको कारण न्युयोर्कको हर्लेम अस्पतालको कोमामा रहेका एक नेपालीको मृत्यु भएको छ ।
१ छोरा, १ छोरी र श्रीमती सहित परिवारलाई नेपाल छोडी २००९ मा कामको सिलसिलामा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आएका स्थायी घर नेपालको तनहॅु, खैरेनीटार भएका हेमु राना मगरको मार्च ३,२०२२ (बिहिबार) दिउसो २:०५ मिनेट जादा मृत्यु भएको अस्पतालबाट फोन गरी मगर संघ अमेरीका, केन्द्रिय समितीका अध्यक्ष कुलदिप राना मगरलाई जानकारी गराएको हो ।
मृतक हेमु राना मगरलाई सुरुमा न्युयोर्कको क्विन्समा रहेको एल्महर्स्ट हस्पिटलमा उपचार गराएका थिए । पछि त्यहॅा बाट सारेर बेलभी हस्पिटल हुदै हर्लेम हस्पिटलको कोमामा राखिएको थियो ।
२०१६ साल देखि मृतक हेमु राना मगरको सम्पुर्ण जिम्मेबारी र मृत्यु भईसकेपछी शवको जिम्मा र बाकी काजक्रियाको जिम्मेबारी मगरसंघ अमेरीकाले लिएको र मृतकको परिवार संगपनि समन्वय भई रहेको जानकारी मगर संघ अमेरीकाका अध्यक्ष कुलदिप राना मगर रसचिव पुर्ण पाईजा मगरले संयुक्तरुपमा मकै हाउस न्युज.कमलाई दिएका थिए ।
हेमु राना मगरको मृत्युको खबरले मगर संघ अमेरीकाले दुख प्रकट गर्दै हामि सम्पुर्ण अमेरीकामा बसोबास गर्ने मगरहरु दुखित भएको रयस दुखद घडिमा मृत आत्माको शान्तिको कामना गर्दै मृतक परिवार प्रति हार्दिक सम्वेदना प्रकट गरेका छन्।
