Banner

जनसम्पर्क समिति द. कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने

 

 

मकै हाउस टिभी एण्ड न्युज,

सन्तोष खड्का । सौल, दक्षिण कोरिया।

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष नेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा “नेपाली काङ्ग्रेसकोआगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबारका दिन कार्यक्रम गर्ने भएको छ।

 

उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि र विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डे र राजनीतिक बिश्लेषक  पुरञ्जन आचार्य रहने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री राम प्रसाद उप्रेतिले बताए।

 

कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसकोअवसरमा “नेपाली काङ्ग्रेसको आगामी यात्रा” शीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुन गइरहेको हुदाँ नेपालीकांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले हार्दिक अनुरोध गरेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुराभइसकेको आयोजकले बताएको छ।

 

कार्यक्रम निम्न बमोजिम रहने छ:

मिति: ई.स.२०२२–०३–२० तारिख, आइतबार ।

समय: विहान ९ बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय)

माध्यम जुम भर्चुल साथै फेसबुक लाईभ

जुम आईडी : 778 472 2407

पासकोड:  jayanepal

जुम लिङ्क:

https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09

 

Loading...