
नायक पल शाहलाई हातमा हतकडी सहित बयानको लागी लगियो

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । नव उदियमान गायिका समिक्षा अधिकारीलाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका नायक पल शाहलाई बयानका लागि तनहुँबाट मंगलबार नवलपरासी पूर्वमा लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा पहिलो उजुरी परेपछी दोश्रो पटक गैंडाकोटमा पनि आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै गायिकालेफागनु १६ गते इलाका प्रहरी कार्यालय, गैंडाकोटमा नायक पल शाहविरुद्ध उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँ बाट प्रहरीले नायक पल शाहलाई हातमा हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो ।
