
नायक पल शाह प्रकरणमा जथाभाबि बोलेको आरोपमा हरी उदासीपक्राऊ

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ | नाबालिग जबरजस्ती करणी उजुरी परेपछी प्रहरी समक्ष आत्मसमर्पण गरी प्रहरी हिरासतमा रहेका नायक पल शाहको मुद्दाबारे जथाभाबी बोलेको र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासीको नामले परिचित हरि परियारलाई पक्राउगरेको छ ।
पीडित नाबालिगको आत्मबल कमजोरी र चरित्र हत्या हुने गरी नेपालका बिभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा बोलेकोआरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यस्तै गरी हरि उदासी पछी नायक पल शाह प्रकरण बारे
जथाभाबी सामग्री प्रसारण गरेको आरोपमा बिशाल नेपाल युट्युब च्यानलका संचालक निशान सिलवाललाई पनि प्रहरीले पक्राउ गरेकोछ । दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
