Banner

मिस्टर नेपालको अडिसन सुरु

 

मकै हाउस टिभी एण्ड न्युज,

चैत १, काठमाडौं । ‘मिस्टर नेपाल २०२२’का लागि अडिसन सुरु भएको छ । प्रतियोगी छनोटका लागि सुरु भएको अडिसन चैत १२ गतेसम्म चल्ने आयोजक आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

हालसम्म सयभन्दा बढीले अडिसन दिएका छन् भने तीमध्येबाट केही प्रतियोगी छनोट भएका छन् । छानिएका सबै प्रतियोगीलाई अन्तिम अडिसनपछि सार्वजनिक गरिने नेक्स्ट मोडल्सका सीईओ रवि धमलाले जानकारी दिए । ‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने मुलुकको ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको प्रतिस्पर्धालाई यस वर्षदेखि नेक्स्ट मोडल्सले गर्न थालेको छ ।

१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतिस्पर्धाको लागि चैत १२ गतेसम्म भाग लिनसक्ने जनाइएको छ । ५ फिट ८ इन्चभन्दा अग्ला नेपाली युवकले प्रतियोगितामा भाग लिन सक्नेछन् । टाइटल विजेताले ‘मिस्टर वर्ल्ड २०२३’मा भाग लिने अवसर पाउनेछन् । साथै, ५ लाख रुपैयाँ नगदसहित विभिन्न उत्पादनको ब्राण्ड एम्बेस्डर बन्ने मौका पाउनेछन् ।

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको तयारीस्वरुप स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्राफर प्रशान्त ताम्राकार छन् ।

 

 

Loading...