
जादुगर महादेब त्रिपाठीको ‘म्याजिक, म्युजिक कमेडी शो’ कोलोराडोमा

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । जादुगर तथा अभिनेता महादेब त्रिपाठीले संयुक्त राज्य अमेरीकाको कोलोराडो राज्यमा आफ्नो जादु देखाउने भएको छ ।

इन्डियन बाइज रेस्टुरेण्ड, लंगमोन्ट, कोलोराडोको आयोजना र रन्जना क्षेत्री,भास्कर श्रेष्ठ र गितान्जली श्रेष्ठको संयोजकत्वमा सोही स्थानमा अप्रिल २,२०२२ (शनिबार) सॅाझ ५:०० बजे बाट सुरु हुने ‘म्याजिक, म्युजिक कमेडी शो’ कार्यक्रममा जादुगर तथा अभिनेता महादेव त्रिपाठीले आफ्नो जादु र अन्य प्रस्तुती दिन लागेको हो ।
उक्त कार्यक्रममा त्रिपाठी संगै कोलोराडोको स्थानिय ब्याण्ड काष्ठमण्डप ब्याण्डले पनि प्रस्तुती दिने छ ।
कार्यक्रम इन्डियन बाइज रेस्टुरेण्टको ग्रान्ड उद्घाटनको अवसरमा हुन लागेको हो ।
