
न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार पार्टिमा कुन्ति मोक्तान र शिला ब.मोक्तानको बिशेष प्रस्तुती हुने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार पार्टी २०२२, पुरुष पानि बाघ बर्ष २१४९ को बिशेषअवसरमा हुन लागेको न्युयोर्क शेर्पा फ्रेन्डशिप ल्होसार पार्टीको लागि कार्यक्रमकोमुख्य आकर्षणको रुपमा बरिष्ठ संगितकर्मी गायक/संगितकार शिला बहादुरमोक्तान र बरिष्ठ गायिका कुन्ति मोक्तान आउने भएको छ ।

कार्यक्रममा बरिष्ठ गायक/गायिका शिला ब.मोक्तान र कुन्ति मोक्तान संगै गायकआंग गेलु शेर्पा, तेन्जिंग शेर्पा र दावा टि शेर्पाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
५७–१२ टिबेट वे, ३२ एभिन्यु, वुडसाईड, न्युयोर्क (57-12 Tibet Way, 32 Avenue, Woodside, New York) स्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेकार्यक्रममा कार्यक्रमको अन्त्यमा डिजे एल.एस (जांग्बु शेर्पा)ले माहौल तताउने छ।
