Banner

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो । आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।

बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ । प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृति जस्तै बनेको छ । सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन् । हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन् । –

 

 

Loading...