
हिमालयन रोडिज सिजन ४ को उपाधि नसिब तामांगलाई

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । हिमालयन रोडिज सिजन ४, सिजन अफ सर्भाईबलको उपाधि टिम अनुपको तर्फबाट फाईनलमा पुगेका नसिब तामांगलेजितेको छ ।
हिमालयन रोडिज सिजन ४ को फाईनलमा टिम दिया मास्केको तर्फबाट रोशन (रिसीन) र टिम अनुप बिक्रम शाहीको तर्फ बाट नसिबलेप्रतिस्पर्धा गरेको थियो । फाईनल टास्क पर्बतको कुस्मा स्थित क्लिफको सहयोगार्थमा क्लिफकै एडभेन्चर स्थानमा भएको हो ।
फाईल टास्कको कडा प्रतिस्पर्धामा नसिबले टास्क २२ मिनेट ४९ सेकेन्डमा पुरा गरेको थियो भने रोशनले टास्क २३ मिनेट ४३ सेकेन्डमापुरा गरेको थियो । नसिबले रोशनलाई ५४ सेकेन्डले पछी पार्दै सिजन ४, सिजन अफ सर्भाईबलको उपाधी जिती हिमालन रोडिज सिजन४ बन्न सफल भएको हो ।
बिजेताले सिजन ४को टाईटल संगै नगद रु १० लाख, यामाहाको मोटरसाईकल र बिभिन्न पुरस्कार प्राप्त गरेको छ भने यस सिजनमा भनेफाईनलिस्ट दोस्रो हुनेले पनि नगद रु.२ लाख र यामाहाको मोटरसाईल र अन्य पुरस्कार प्राप्त गरेको छ ।
