
मगर संघ अमेरीका,न्युयोर्क च्याप्टरको रक्तदान कार्यक्रम सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
वीर घर्ती मगर, न्यूयोर्क । मगर संघ अमेरिकाको १९औ स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरकोव्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।
सामाजिक काममा अग्रणी स्थानमा रहेको मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरले न्यूयोर्कमा रगतको अभाव हुन नदिन न्यूयोर्क ब्लडसेन्टरको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। आईतवार भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिन्यूयोर्क सिटी काउन्सिलका प्रतिनिधि त्सेयान्ग लियजेटलाई खादा लगाएर सम्मान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो भने नेपालजनजाति महासंघ (फिप्ना) अमेरिकाका राजकुमार विष्टले पहिलो रक्तदाता प्रदिप मानन्धरलाई खादा लगाई उद्घाटन गर्दै सामाजिककाममा प्रवासमा रहेरपनी सबै नेपालीले मिलेर हातेमालो गर्दै अगाडी बढनुपर्ने बताउनुभयो।
मगर संघले हरेक वर्ष आफ्नो १९ औ स्थापना दिवसको अवसरमा क्यालेण्डर अनुसार कार्यक्रम गर्दै आएकोले यो पटक पनिन्यूयोर्कमा रगतको कमी हुन नदिन यस्तो कार्यक्रमको आयोजना गरिएको प्राईमरी ब्लड कोडिनेटर तथा मगर संघ अमेरिका न्यूयोर्कच्याप्टरका सचिव अमृत रोका मगरले बताउनुभयो ।
मानबिय सेवामा समर्पित भएर सामाजिक दायित्व समेत निर्बाहमा सो मगर संघ अग्रणी रहेको न्यूयोर्क च्याप्टरका अध्यक्ष ओमकारबुढामगरले भन्दै थप क्रियाशीलता सगै आगामी आउने कार्यक्रमलाई पनि सम्पूर्ण समुदायको सहयोग र अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

यस कार्यक्रमलाई सफल बनाउन निस्वार्थ भावनाले सहयोग गर्नुहुने समाजका सामाजिक ब्यक्तित्वहरू तथा आफ्ना सदस्यहरूर भोलिएन्टरहरूलाई धेरै धेरै धन्यवाद दिदै स्वस्थ मानिसले रक्तदान गर्न सक्ने र रक्तदान अरु कसैका लागि जीवनदान बन्ने उल्लेखगर्दैसामाजिक सेवामा सदैव अगाडी वढिरहने मगर संघ अमेरिकाका केन्द्रीय समिति अध्यक्ष कुलदिप राना मगरले बताउनुभयो ।

न्यूयोर्क च्याप्टरको उपाध्यक्ष दिपक रोकाले सबैको सहयोग र सहभागिताले कार्यक्रम सफल भएको बताउदै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
