Banner

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:

जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू वृद्ध भत्ताको होम डेलिभरी

पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कलसेन्टर

भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी

रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ

युवाहरुको लागि करियर परामर्श कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा

सबै खालको कर तिर्न प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा

निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा वा छैन अडिट गरिने

७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने

सबै वडा टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति

बस स्टपहरुमा फल्चा स्थापना गरिने

सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट

काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने

उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने

काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने

सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने

अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार म्ह पूजाको ब्रान्डिङ गरिने

अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने

एक घर एक रुख अभियान सुचारु गरिने

 

 

Loading...