
अमेरीकामा मोटरसाईकल दुर्घटनामा परि नेपाली युवा पृथ्वी लम्सालको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । मे १,२०२२ (गएको आईतबार) एक नेपाली युवा (पृथ्वी लम्साल) न्युजर्सिबाट आफु बसोवास गरेको ठॅाउ भर्जिनिया फर्किनेक्रममा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ ।
गत आईतवार साथि संग भेटघाट गरी न्युजर्सिबाट भर्जिनिया फर्किने क्रममा सडकमा मोटरसाईकल उछिटिएर उनी दुर्घटनामा परेका थिए। त्यसपछी लगत्तै लम्साललाई न्युजर्सि स्थित कुपर युनिभर्सिटी अस्पताल पुर्याइएको थियो । उनको उपचारकोक्रममा मंगलबार उनको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेका पृथ्वीको टाउको र छातीमा गम्भिर चोट लागेको थियो ।
पृथ्वी लम्साल २०१४ सालमा बिधार्थी भिसा मार्फत अमेरीका आएका थिए । पृथ्वीका पिता पनि २ दशक अमेरीका बसेर केहि समयअगाडी मात्र नेपाल फर्केका थिए । सुरुमा पृथ्वी आफ्नो बुवा संगै बोस्टनमा बसोवास गर्दै आएका थिए । पछी कामको सिलसिलामाभर्जिनिया बसाई सरेका थिए ।
पृथ्वीको निधनको खबरले नेपालमा रहेका परिवार बिक्षिप्त बनेका लम्सालका परिवारले शब नेपाल पठाउन आग्रह गरेका छन् ।मृतकलम्सालको शव नेपाल पठाउन न्युयोर्कवासी लेनिन कॅडेलले “गोफन्ड” श्रृजना गरि आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।
गोफण्ड मार्फत सहयोग गर्न चाहनेले कृपया तल लिंक दिईएको छ ।
https://www.gofundme.com/f/help-to-take-prithvis-body-to-nepal?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer
