Banner

अमेरीकाको येल युनिभर्सिटी आर्ट ग्यालेरीमा रहेको तारा/पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबिच येलविश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्ध देवी तारा/पार्वतीको प्रस्तर मूर्ति नेपाललाई फिर्ता गर्ने सहमतीएवम् घोषणा भएको

नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमलेयेलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गर्नु भएको

आर्गिलाइटढुङ्गाबाट नवौंदशौं शताब्दिमा बनेको उक्त तारा/पार्वती (70.5X38.1X13.07 से.मी.) को मूर्ति येल युनिभर्सिटीग्यालरीले सन् 2015 मा एक दाताबाट प्राप्त गरेको थियो।

यस मूर्तिका विषयमा नेपालको पुरातत्व विभाग येल विश्वविद्यालय कला संग्रहबाट 2021 मा छुट्टाछुट्टै गरिएका अनुसन्धानबाटसमभङ्ग मुद्रामा उभिएको, हातमा नाल कमलको फूल लिएको कलाशैलीका हिसावले आरम्भिक मध्यकालको सो मूर्ति बि.सं. २०३२ सालसम्म भक्तपुर .पा. गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको त्यहांबाट हराउनु अघि बौद्धदेवी/पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको छ।

उक्त मूर्ति फिर्ता घोषणाको अवशरमा बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्टग्यालेरी, उक्त ग्यालरीकी Henry J Heinz II निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड क्युरेटोरियल टोलीलाई सो कलाकृति फिर्तागर्ने कार्यमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो कार्यवाहक महावाणिज्यदूतले उक्त कलाकृतिका विषयमाअनुसन्धान गरी नेपाललाई फिर्ता दिने निर्णयमा सहकार्य गरेकोमा ग्यालरीप्रति नेपाल सरकारको तर्फबाट गहिरो प्रशंसा व्यक्त गर्दैग्यालरीको सहकार्यबाट नेपालका हराएका साँस्कृतिक सम्पदाको पुन:स्थापना नेपालको इतिहास संस्कृतिको संरक्षण गर्नेनेपालको अभियानमा सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो।

नेपालका हराएका सम्पदाको पुनःस्थापना तथा मूर्ति फिर्ता प्रयासमा सञ्चारमाध्यम, नागरिक समाज सम्बन्धित निकायबाट प्राप्तसहयोगको उच्च प्रशंसा गर्दै सो मूर्ति नेपाल फिर्ता पठाउने व्यवस्था गरेकोमा येल आर्ट ग्यालरीप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो।

उक्त मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी Henry J Heinz II निर्देशक स्टेफनी वाइल्सलेबौद्ध देवी तारा/पार्वतीको मूर्तिका विषयमा अध्ययन नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रियामा भएको उपलव्धिमूलक छलफल साझेदारीलाईउजागर गर्न पाउँदा येल युनिभर्सिटी आर्ट ग्यालेरीका तर्फबाट खुसी व्यक्त गर्नुभयो

उक्त ग्यालरीको संकलनमा रहेको सो मूर्ति संकलनबाट हटाउने निर्णय सहकार्यमा लिइएको उक्त ग्यालरीले गरेको अध्ययनबाटमूर्ति फिर्ता दिने निश्कर्षमा पुग्न नेपाली महावाणिज्यदूत नेपाल सरकार पुरातत्व विभागका तर्फबाट गरिएको सहयोगप्रति उहांलेहार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

नेपाली महावाणिज्यदूतावास येल विश्वविद्यालयले सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्द्धनका लागि निकटमा रही सहकार्य साझेदारी गर्ने इच्छा दुवै पक्षका तर्फबाट प्रकट गरियो। साथै, नेपाल संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि रहेकोजनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो प्रयास रहने कुरा समेत व्यक्त गर्नुभयो

येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास पुरातत्व विभागसंगको समन्वयमा मूर्ति नेपाल फिर्ता ल्याइनेछ।

नेपाली महावाणिज्यदूतावास,  न्यूयोर्क ।

 

 

Loading...