
अमेरीकामा १९ बर्षिय एक नेपाली युवाको कार दुर्घटनामा मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरीकाको मिन्नेसोटा राज्यको मोरहेडमा मे ९, सोमबार राति ६:०० बजे तिर बिपरीत दिशाबाट आएको कारसंगको ठक्करमा १९ बर्षिय नेपाली युवा संदिप थिंग तामांगको मृत्यु भएको छ ।
नेपाल स्थायी घर काठमाण्डौको बसुन्धरा भएका संदिपको परिवारमा संदिप एक्लो छोरा हुन् भने र एक जना दिदी मात्र छन् ।
संदिप ९ महिना पहिले मात्र नर्थ डाकोटा युनिभर्सिटीमा उच्च शिक्षा अध्ययनको लागी आएका थिए । पछि त्यहॅा बाट मिन्नेसोटाटेक्निकल कम्युनिटी कलेज मिन्नेसोटा सरेका थिए ।
मिन्नेसोटा राज्यको क्ले काउन्टि स्थित ग्याल्डोन र हवलीको १७० स्ट्रिट नर्थको स्टप साईनमा कार रोकी अगाडी बढाउने क्रममा बिपरीतदिशा बाट आएको एसयुभी कार संग ठक्कर हुदा संदिप थिंग तामांगको मृत्यु भएको हो ।
संदिपको नजिकका दाई नबिन डॅागी र अन्य साथिहरुका अनुसार :-“संदिप एक दमै मेहेनती, ईमान्दार, सहयोगी र धेरै कुराको क्षमताभएको मान्छे हो, सबैलाई सहयोग गर्ने र परिवार प्रती सधै सम्मान ब्यक्त गर्दथ्यौ”।
अहिले संदिपको शरिर नेपाल पठाउन टेक्सास राज्यको डल्लास बसोवास गर्ने नबिन डॅागीले गोफण्ड सृजना गरी आर्थिक सहयोगकोअपिल गरेका छन् ।
गोफण्ड मार्फत सहयोग गर्न चाहनेले तलको लिंक मार्फत सहयोग गर्नसक्नुहुन्छ ।
https://gofund.me/368ab700
