
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टर बोस्टनको अधिवेसन सम्पन्न
राकेश राई । बोस्टन, मकै हाउस टिभी एण्ड न्युज,
बोस्टन । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले बोस्टनमा हालै छैठौ अधिवेसन गरेर नया नेतृत्व चयनगरेको छ ।

अधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतीथी सुरेश चामलिंगलेभने :- “संसारमा राईहरुले जहाँ पाइला टेकेका छन्, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृती विकास गरेको छ ।काठमाडौँको बागबजारमा दाउरे बुढा अर्थात बुद्दिकर्ण राईको आँगन देखी संसारको बिभिन्न कुनामा साकेलाको विस्तार यसको उदाहरणहो ।अहिलेको यो प्रयास भावी पिढिको लागी हो। हामी राई भन्ने अस्तित्वको चिनारी भावी पुस्तालाई चिनाउन पनि परदेशमा संगठित हुनुपर्छ ।”

अर्गनाइजेसनको न्यु इंग्ल्याण्ड सभापती मुक्ति नारायण राईले हाम्रो अर्गनाइजेसनको उद्देश्य हामी राईहरुको भाषा, धर्म रसंस्कृतीलाई विदेशमा पनि अनुशरण गरी यसको संवर्धन प्रवर्धन र संरक्षण गर्नु रहेको छ । भने नेपालको सन्दर्भमा हाल चर्चामा आएकोप्रदेश नं १ को नामांकन किरात प्रदेश नै राखिनु पर्दछ भन्ने कुरा ब्यक्त गर्नु भयो ।
अधिवेशनको सफलताको लागी शुभकामना दिने क्रममा नेपाली समाजका उपाध्यक्ष लाक्पा शेर्पाले न्यू इंग्ल्याण्डमा राईहरू संख्यात्मकरुपमा थोरै भए पनी सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गरि गरेको कुरा बताउदै, कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
अर्का अतिथी केपकोड नेपाली समाजका अध्यक्ष के बि राईले यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले आफ्नो भाषा, धर्म रसंस्कारको संरक्षणको साथै मुलुक र समाजको लागि अरू धेरै काम गर्न वांकी रहेको कुरा वताउनु भयो र त्यसको लागि अब फरक ढंगलेअगाडी बढ्न जरूरी छ भन्ने कुरा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा भरखरै जन्मिएका नयां वालवालिकाहरू र नेपालबाट आउनु भएका नयां सदस्य तथा पाहुनाहरूलाई केक काटेर स्वागत गरिएको थियो। यसैगरी २०१९, २०२० र २०२१ को शैक्षिक वर्षहरूमा हाई स्कूल र कलेज ग्राजुएट हुनु भएका विधार्थीहरूलाई विगतवर्षहरूमा जस्तै यस पटक पनि ट्रफीका साथै खादा ओढाई सम्मान गरिएको थियो ।
संस्थाका केन्द्रिय पूर्व अध्यक्ष तथा निर्वाचन संयोजक विष्णु कुमार राई र केन्द्रिय सल्लाहाकार धौलाविर राईको निर्वाचन समितिलेनिर्वाचन सम्पन्न गरि ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । कर्ण बहादुर राई बोस्टनको अध्यक्षतामा उपाध्यक्ष हरु शेखर राईउत्तरी क्षेत्र, हरि राई दक्षिण क्षेत्र, महासचिव राकेश राई,कोषाध्क्ष चन्द्र राई,बोर्ड सदस्यहरु युबराज राई, कमल थुलुङ्ग, तेजेन्द्र खत्रीराई,अनिल चोङ्गवाङ्ग,मनिकला राई, केंद्रीय बोर्ड प्रतिनिधि राजन कुथूमी र मुक्ति नारायण राई यसरी नै अर्गनाइजेसनकोक्यालिफोर्निया च्याप्टरको अधिवेशनले जोरबिर राईको अध्यक्षतामा ११ सदस्यीय समीती चयन गरेको छ । उपाध्यक्षमा श्रीमती जानुकाराई, महासचिव टक्सन राई,सचिव राम कुमार राई,कोषाध्यक्ष सुश्री नविन राई,सदस्यहरु दियो राम राई,सौजन राई,श्रीमती हिराराई,श्रीमती लक्ष्मी राई,श्री मति गायत्री थापा राई,पूर्ण राई चयन भएका छन् । केंद्रीय बोर्ड प्रतिनिधि तेज राई र एक जना पछी चयनगरिने कुरा केंद्रीय उपाध्यक्ष जि एस राईले बताउनु भयो ।
