
हरिवन नगरपालिकाको मेयर पदमा रमेश बुढाथोकी, उपमेयरमा हरि माया घलान बिजयी
मकै हाउस टिभी एण्ड न्युज,
सर्लाही । हरिवन नगरपालिकाको भर्खरै सम्पन्न स्थानिय चुनाब बाट मेयर पदमा माओवादीका रमेश बुढाथोकी बिजयी भएका छन् । भनेउपमेयरमा नेकपा एमालेकी हरि माया घलान बिजयी भएका छन् ।
भर्खरै सम्पन्न स्थानिय तहको चुनावबाट सर्लाही हरिवन नगरपालिका मेयर पदमा नेकपा माओवादीका रमेश बुढाथोकीले कुल मत ७००२प्राप्त गरी बिजयी भएका छन् भने प्रतिद्वन्दी नेकपा एमालेका गणेश प्रसाद प्रसाईले कुल मत ६८४९ प्राप्त गरेका थिए ।

उपमेयर तर्फ नेकपा एमालेकी हरिमाया घलानले कुल मत ६८५५ प्राप्त गरी बिजयी भएका छन् भने प्रतिद्वन्दी माओवादीकी पद्मामोक्तानले कुल मत ५३२१ प्राप्त गरेका थिए ।

