
नेपल डे परेड, न्युयोर्कका लागि लंग आईल्यान्ड नेपाली समाजको भब्य तयारी (फोटो)
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । भोली आईतबार मे २२, का दिन न्युयोर्कको म्यानहट्टनमा हुने ‘नेपाल डे परेड’२०२२ का लागि लंग आईल्यान्ड नेपाली समाजकोभब्य तयारी भएको छ ।

नेपालीहरुको कला,संस्कृती,भाषा, भेषभुशा सहितको पहिचान स्थायित्वको निमित्त संसारकै राजधानिको रुपमा मानिने न्युयोर्क शहरकोम्यानहट्टनमा न्युयोर्क,न्युजर्सी,कनेक्टिकट वरपरको क्षेत्रमा बसोवास गर्ने नेपालीहरु आ–आफ्नो भेशभुषामा नेपाल डे परेडमा सहभागी भईहिड्दैछन् ।
भोली १२:०० बजे देखि सुरु भई ४:०० बजे सम्म कार्यक्रमा आफ्नो अमुल्य सहभागिता जनाउन लंग आईल्यान्डमा बसोबास गर्नेनेपालीहरुको साझा संस्था लंग आईल्यान्ड नेपाली समाजले मेहनतका साथ ट्रक सजावट गर्दै तयारी गरेका छन् ।

यस् पालिको नेपाल डे परेड २०२२ एनआरएनए एनसिसि अमेरीका, न्युयोर्क च्याप्टरको प्रमुख आयोजनमा हुदैछ ।

