
च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । युईएफए च्याम्पियन्स लिग २०२१/२२ को उपाधी रियल म्याड्रिडले जितेको छ ।
आज मे २८ शनिबारको दिन भएको रियल म्याड्रिड र लिभरपुल बिचको फाईनल खेलमा रियल माड्रिडका भिनिसियस जुनियरले खेलको५९ औ मिनेटमा गरेको एक मात्र गोल नै च्याम्पिन्स लिगको निर्णायक गोल बन्दा लिभरपुललाई १–० को अन्तरमा रियल म्याड्रिड बिजेताबनेको छ ।
निकै नै रोमान्चक बनेको रियल र लिभरपुलको फाईनल खेलमा रियल म्याड्रिडका बेल्जियन गोल किपर हाबि हुदा लिभरपुल गोल गर्नबाट चुकेको हो ।

