Banner

बेपत्ता रहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना

 

मकै हाउस टिभी एण्ड न्युज,

जनकपुर गत आईतबार पोखराबाट जोमसोमका लागि उड्ने क्रममा बेपत्ता भएको तारा एयरको जहाजमा धनुषाका एकै परिवारकासात जना रहेको पुष्टि भएको छ।

गत आइतबार विहान १० बजेर जादा देखि सम्पर्कविहीन रहेको तारा एयरमा विमानमा चालक दलका तीन सदस्यसहित २२ जनायात्रुहरू सवार थिए जहॅा  मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाने क्रममा धनुषा मिथिला नगरपालिका११ लोटा गाउँकाएकै परिवारको सात जना रहेको पुष्टि भएको छ।

बेपत्ता बिमानमा मिथिला नगरपालिका११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काकापुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ माइजु सुकुमाया तामाङ रहेको परिवारजनले बताएका छन्

Loading...