
ग्लोबल पिस फाउन्डेशनको आयोजनामा ग्लोबल पिस लिडरशिप कनक्लेभ सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज, भुपेन्द्र भण्डारी
काठमाडौँ – आईतबार काठमाण्डौ स्थित प्रज्ञा भवनको लाईब्रेरी हलमा ‘वन कोरिया ग्लोबल क्याम्पीयन’ अन्तर्गत मोरल एण्ड इन्नोभेटिभ लिडरसिप सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ ।
ग्लोबल पीस फाउन्डेशन नेपालको आयोजनामा भएको गोष्ठीमा नेपाल,अमेरिका र अफ्रिकाका युवा तथा शान्तिका लागि वकालत गर्ने युवाहरुको सहभागिता रहेको थियो ।
उक्त गोष्ठीमा डा. चिरन्जिवी भट्टराई, डा. रामचन्द्र पोखरेल र डेभिड काप्राले छुट्टा छुट्टै शैक्षिक प्रस्तुति दिएका थिए । अन्तरक्रियामाआधारित उक्त कार्यक्रम झण्डै ४ घण्टा लामो चलेको थियो । कार्यक्रममा डा. भट्टराईले “वल्र्ड सेक्युरिटी इज प्रोभाइडेड इन द पीसफुलरियुनीयन अफ कोरियन पेनिन्सुएला”मा आफ्नो शैक्षिक सामग्री प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै डा. पोखरेलले “न्यु सिभिलाइजेशन इज पोसिबल थ्रो मोरल एण्ड इनोभेटिभ लिडरसिप”, र अर्का प्रस्तोता डेबिड काप्राले “रोलअफ ग्लोबल पीस फाउन्डेशन (जिपीएफ) इन द करेन्ट इस्स्यू अफ द वल्र्ड”मा आफ्ना शैक्षिक प्रस्तुती दिएका थिए ।

कार्यक्रमा अन्य वक्ताहरुले विश्व शान्तिका लागि हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने औँल्याएका थिए । बक्ताहरुले बोल्नेक्रममा विभाजित दुई कोरियाको एकिकरण विश्व शान्तिको उद्दगम बिन्दु भएको पनि बताए ।

आयोजक ग्लोवल पीस फाउन्डेशन नेपालका अध्यक्ष रामरोहन पन्तले हरेक युवाहरुको दायित्व आफ्नो लागि मात्र सोच्ने नभएर, अरुको खातिर पनि केही गर्नु पर्छ भन्ने भावनाको विकास गर्ने बेला भएको बताए । पन्तले कार्यक्रमले लामो समयदेखी छुट्टिएर रहेका दुई कोरिया(उत्तर र दक्षिण)लाई एकिकरण गराउने अन्तराष्ट्रि दवावको रुपमा भएको बताए ।

