
हरिवन वडा सदस्यको सहयोगमा एक बिपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण
मकै हाउस टिभी एण्ड न्युज,
हरिवन । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं ८ का नवनिर्वाचित वडा सदस्यले एक बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिदिएका छन् ।
गत आइतबार हरिवन नगरपालिका–८, निवासी मंगल सिंह दंगाली मगरको परिवारलाई सोही वडाबाट निर्वाचित वडा सदस्य सोनी गुर्मछाने मगरले एक कोठाको पक्की घर बनाईदिएकी हुन् ।
आफ्नै ५ धुर जग्गामा बनाएको सामान्य झुपडी घरमा बस्दै आएका परिवारलाई वडा सदस्य सोनी गुर्मछाने मगरले आफ्नै दुई लाख पचास हजार लगानीमा एक कोठाको पक्की घर निर्माण गरी दिएकी हुन् ।
निर्माण गरिएको घर हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यता र वडा नं ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाको बिशेष आथित्य
र अन्य वडा सदस्यहरुको समेत उपस्थितीमा उक्त घर मंगल सिंह दंगाली मगर र उनको परिवारलाई हस्तातन्तरण गरिएको हो ।