Banner

न्यायको माग गर्दै आमरण अनसनमा रहेकी निहारिका र सरकार बिच ५ बुँदे सहमति

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौँ गत जेष्ठ २७ गतेदेखि आफ्नो न्यायको माग गर्दै आमरण अनशनमा बसेकी निहारिका राजपुत सरकारबीच बिहिबार बुँदे सहमति भएपछि उनले अनशन तोडेकी छन्

आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका  की निहारिका राजपुतले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएरअनसन तोडेकी हुन्  राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनलेगृहमन्त्री खाँणको हातबाट जुस पिएर अनसन तोडेकी हुन् 

 

सहमति पत्रमा उल्लेखित भए अनुसार दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ निहारिकाको छोराको डीएनए परीक्षणको कानुनी प्रक्रियाअघि बढाउन पहल गर्ने, निहारिका उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायपीडितमैत्री न्याय बनाउन पहल गर्ने लगायतका कुरा सहमति पत्रमा भएको  

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गौतम लोग्शरी कुवरलेहस्ताक्षर गरेका छन् 

Loading...