
भर्जिनियामा ‘ए मेरो हजुर ४’ प्रदर्शन हुदै
भर्जिनिया । संयुक्त राज्य अमेरीकाको भर्जिनिया राज्यमा नेपाली अमेरीकन कम्युनिटी सेन्टर (NACC)को ब्यवस्थापनमा नायिका तथा निर्देशक झरना थापा द्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुन लागेको हो ।

भर्जिनिया राज्यमा बसोवास गर्ने नेपाली अमेरीकनहरुको छाता संगठन हो नेपाली अमेरीकन कम्युनिटी सेन्टर (NACC) जस्ले स्थापनाकाल देखी नै उच्च उदेश्य प्राप्ती र समुदायको हितको निमित्त निरन्तर सेवा मुलक कार्य र कोषबृद्धीको लागी धेरै प्रकारका कार्यक्रमहरु गर्दै आईरहेका छन् ।
न्याकको ब्यवस्थापनमा प्रदर्शन हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को मुख्य भुमिकामा नायक अनमोल केसी र नायिका सुहाना थापा छन् । चलचित्र यही आउदो जुन २६,२०२२ आईतबारको दिन दिउसो ४:१५ बजे ९६५० मेन स्ट्रिट फेयरफ्याक्स, भर्जिनिया (9650 Main Street, Fairfax,VA 22031) स्थित सिनेमा आर्ट्स थिएटर (Cinema Arts Theatre) मा प्रदर्शन हुनेछ ।