
न्युयोर्क निवासि राम सिंहको “जाऊ कतै” सार्बजनिक (भिडियो सहित)
न्युयोर्क । गायक तथा बासुरीबादक राम सिंह र गायिका अस्मिता अधिकारीको संयुक्त स्वरमा “जाउँ कतै तिमी र म” बोलको भिडियोसार्वजनिक भएको छ ।
गितमा शब्द र संगित स्वंय गायक राम सिंहको नै रहेको छ । गितको एरेन्ज संजिब बराईलीले गरेको उक्त गित रेकर्डिस्ट राजेस श्रेष्ठकोसहयोगमा ए वन म्युजिसियन स्टुडियो बाट तयार भएको हो ।
केशब राज भट्टको निर्देशनमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन डिन्सोन शाहले गरेको भिडियोमा अभिनेताआकाश श्रेष्ठ र रुविना थापाले अभिनय गरेका छन् । भिडियो मोक्तान डिजिटलको युट्युब च्यानेलबाट सार्बजनित गरेको हो ।