
न्युयोर्कमा बिमा कुमारी दुरा सांगितिक सॅाझ हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । स्यांग्जा समाज अमेरीका, न्युयोर्कको आयोजनामा लोक तथा दोहोरी गायिका “बिमा कुमारी दुरा सांगितिक सॅाझ २०२२” न्युयोर्कमा हुदै ।

लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरा एति बेला आफ्नो परिवारको साथ संयुक्त राज्य अमेरीकामा हुनुहुन्छ । गायिका दुराको सांगितिक जिबनको अमेरीकामा पहिलो पटक सांगितिक सॅाझ हुदै छ । स्यांग्जा समाज अमेरीका,न्युयोर्कको आयोजनामा हुन लागेको “बिमा कुमारी दुरा सॅागितिक सॅाझ २०२२” मा गायिका दुरा संगै लोक तथा दोहोरी गायिकाद्वय निशा सुनार, सिर्जना बिरही थापा, संगिता थापा मगर र लोक तथा दोहोरी गायकद्वय बिमल डॅागी, राजन ठकुरी, मधुर गिरी, उदय भट्टराई र तबला बादक संगितकर्मी नुच्छे मान डंगोलले पनि आफ्नो प्रस्तुती दिने छन् । र साथमा कार्यक्रमको मध्य र अन्त्यभागमा नौमती बाजाको पनि बिशेष प्रस्तुती रहने छ ।
कार्यक्रम स्यांग्जा समाज अमेरिकाकी अध्यक्ष तथा लोक तथा दोहोरी गायिका बिमला हमालको प्रतक्ष्य सहभागी र सामाजिक अभियन्ता शोभा कान्त पाण्डेको संयोजनमा हुदैछ ।
कार्यक्रम जुलाई १०,२०२२ आईतबार, राति ८ः०० बजे देखी मध्यरात सम्म चल्नेछ । भने कार्यक्रम नेपाली भान्छा घरको हलमा हुनेछ ।

