Banner

मंगलबार हरिवनमा पेस्तोल र गोलीसहित एकजना पक्राउ।

 

 

मकै हाउस टिभी एण्ड न्युज,राजु तामाङ, हरिवन,

 असार २२ गते बुधबार।

हरिवन । सर्लाहीको हरिवनमा लुकाई राखेको पेस्तोल र गोलीसहित एकजना पुरुषलाई पक्राउ गरेको छ।

मंगलबार हरिवन नगरपालिका-११ बस्ने ४३ वर्षका छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउन्ड गोली सहित प्रहरीले उनलाई पक्राउ गरेको हो।

दासले हरिवन बजारमा सुनिता किराना पसल सञ्चालन गर्दै आएका थिए विशेष सुराकीको आधारमा मंगलबार दासको पसल खनतलासी गर्दा हरिवन इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले उक्त हातहतियार बरामद गरेको जनाएको छ।

बरामद गरेको पेस्तोल र गोलीसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

 

 

Loading...