
मिस नेपाल नर्थ अमेरिका २०२२का बिजेतालाई छात्राबृती प्रदान गरिने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीले आयोजना गर्ने “मिस नेपाल नर्थ अमेरीका २०२२” का शीर्ष ३ बिजेताहरुलाई अमेरिकी डलर $६,०००, $४,००० र $२,००० बराबरको आईटी कोर्षको लागी छात्रवृति प्रदान गरिने भएको छ ।

उक्त छात्रवृति संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा स्थापित रभेन सफ्टवेयर सोलुसन र टेक राउटर आईटी कन्सल्टिंगले संयुक्तरुपमा प्रदान गर्ने भएको हो ।
यस सिजनको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व मिस सदीक्षा श्रेष्ठ अफिसियल कोरियोग्राफरमा रहनेछन्, भने नायिकास्वस्तिमा खड्का मेन्टर र मोडल निती शाह प्रशिक्षकको रुपमा रहनेछिन् ।
कार्यक्रमको होस्ट भने निशा पाठक र सहाना बज्राचार्यले संयुक्तरुपमा गर्नेछिन् ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :
