
भारतिय गायक दलेर मेहन्दीलाई मानव तस्कर गरेको आरोपमा दुई वर्षको जेल
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । भारतका चर्चित पंजाबी गायक दलेर मेहन्दीलाई अवैध रूपमा मानव ओसारपसार गरेको आरोपमा दुई वर्षको जेल
भएको छ ।
गायक दलेर मेहन्दीलाई उक्त आरोप लागेपछी अदालतमा अपील गरेका थिए । त्यसपछी उनि जमानतमा छुटेका थिए ।
यो मुद्दामा दलेर मेहन्दी संगै उनका भाइ शमशेर र अरू दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। भने आरोप लागेका दलेर मेहन्दीकाभाइ शमशेरको भने सन् २०१७ मा निधन भईसकेको छ ।
गायक मेहन्दी र उनका समुहलाई १२ लाख भारू लिएर क्यानडा पठाइदिने आश्वासन दिएको उजुरी परेको थियो। पटियाला अदालतले बिहीबार दलेर महेन्दीलाई सन् २००३ को उक्त घटनामा जेल सजाय तोकेको हो। दुई वर्ष जेलसँगै उनलाई दुई हजार भारू जरिवाना पनितोकिएको छ।
गायक दलेर मेहन्दीका भाइ शमशेरको सुनुवाइकै क्रममा २०१७ मा निधन भइसकेको छ भने मेहन्दीको फर्ममा काम गर्ने अर्का आरोपीप्रमाण नपुगेपछि छुटेका थिए।
गायक दलेर मेहन्दीको पहिलो गीत ‘बोलो तारारा‘ बाटै चर्चामा आएका उनी भारतीय पप विधामा नाम कहलिएका पंजाबी गायक हुन्।