Banner

मेयर बालेन शाहलाई ओलीको तबला उपहार

 

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् ।


ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेको एमाले नेता कर्णबहादुर थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्। भेटघाटका क्रममा ओलीले बालेनलाई तबला उपहार दिएका छन्। ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए ।

 

Loading...