Banner

एनआरएनले नेपाली नागरिकता प्राप्त गर्न यि पॅाच कुराको प्रमाण जुटाउनु पर्नेछ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था नेपाल सरकारले संसदमा पेस गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले प्रस्ताव गरेको छ। 

गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान संविधानमानै सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो।  

आर्थिक, सामाजिक सांस्कृतिक अधिकार सहितको प्रस्ताव विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका गैर आवासिय नेपालीलाई नागरिकता दिने प्रस्ताव गरेको हो। गैर आवासीय नागरिकता दक्षिण एसिया बाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव विधेयकमा छ। 

गैर आवासीय नागरिकताका लागि पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।  

  • पहिलो, यस्तो नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण। 
  • दोस्रो, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण।
  • तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
  • चौथो, दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण। 
  • पाँचौं, नेपालको संविधान कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र। 

गैर आवासीय नागरिकता लिनेले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन लगायतका राजनीतिक अधिकार भने प्राप्त गर्ने छैनन्। यसले सम्पत्ति राख्न, व्यापारव्यवसायमा लगानी गर्ने लगायत अधिकार मात्र प्राप्त गर्ने

एदी झुटा विवरण बुझाएर गैरआवासीय नागरिकता लिएमा उक्त व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद २५ हजार देखि ५० हजार रूपैयाँ सम्म जरिवाना हुने प्रस्ताव विधेयकले प्रस्ताव गरेको छ। 

 

 

 

 

Loading...