
मिस नेपाल नर्थ अमेरिका २०२२का लागी १४ प्रतिष्पर्धी छनौट, कुन प्रतिष्पर्धी कुन राज्यबाट ?
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आगामी अगस्ट ६,२०२२ शनिबारको दिन न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागी बिभिन्न राज्यबाट १४ जनाप्रतिष्पर्धी छनौट भएका छन् ।
ड्रिम्स युनिभर्सल एलएलसी, न्युयोर्कले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरिका २०२२ मा यस सिजनको १४ प्रतिष्पर्धीको नाम प्रकाशितभएको छ । मिस नेपाल नर्थ अमेरिका २०२२ का लागि छानिएका १४ प्रतिष्पर्धीहरुको नाम र सहभागी राज्य क्रमस आन्या थापाकोलोराडो,बिष्णु मिश्र ओहायो,दिया पन्त पेन्सिलभेनिया,मिङ्ग्मा शेर्पा न्युयोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल कैन्सास, साराकार्की टेक्सस,सरोज तामाङ्ग मिसिगन ,शिला बस्नेत सान फ्रान्सिस्को ,शिभालिका भण्डारी टेक्सस,प्रतियुषा बोहरा टेक्सस ,स्वस्तिकालयालु टेक्सस ,छिरिंग शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका छन् ।

यस् बर्षको मिस नेपाल नर्थ अमेरिकाको ताज कस्ले पहिरिनेछिन् त्यो हेर्न भने चाही अगस्ट ०६ नै पर्खनु पर्ने हुन्छ ।
बिस्तृत जानकारी लिन यहाँ क्लिक होला :

