Banner

हनी ट्रयापमा पारेर रकम असुल्ने गिरोह काठमाडौंबाट पक्राऊ

 

 मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं । राजधानीमा हनी ट्रयापमा पारेर रकम असुल्ने गिरोह पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएको अभियोगमा तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरुालाका अनुसार उनीहरुले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा असुल्न खोजेका थिए । यस विषयमा थप अनुसन्धान भैरहेको एसपी कोईरालाले बताए ।

 

 

Loading...