
मुर्मु द्रौपदी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । भारतको नयाँ राष्ट्रपतिमा प्रतिद्वन्दी यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मु द्रौपदी निर्वाचित भएकी छन् ।
द्रौपदीले ५ लाख ७७ हजार ७७७ मत प्राप्त गर्दै बिजयी बनेकी हुन् । कूल दस लाख ८६ हजार ४३१ मतमा राष्ट्रपति निर्वाचित हुन ५ लाख ४३ हजार २१६ मत आवश्यक थियो । द्रौपदीले निर्वाचनको मतगणना नसकिँदै विजय सुनिश्चित गरेकी हुन्।
ओडिशाका स्थायी बासिन्दा यस अघि झारखण्डको राज्यपाल समेत बनिसकेकी मुर्मु भारतको राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मुर्मुले २५ जुलाईमा सपथग्रहण गर्नेछिन्।

