Banner

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको भव्य साकेला सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,बि.के.राई

न्युयोर्क युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्यरुपमा सम्पन्न भएको

न्युयोर्क स्थित क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका विशिष्ठ ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत बहादुर राईको प्रमुख आतिथ्यत्यता रहेको कार्यक्रमको सभापतित्व युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङले गरेकी थिइन् ।भने  स्वागतमन्तव्य च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईले  दिएकी थिइन् उक्त अवसरमा उभौली साकेलाको शुभकामना आदानप्रदान गर्नुकासाथै साकेला सिली प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित अतिथीहरुले शुभकामना व्यक्त गर्दै साकेलाको महत्वबारे स्पष्ट पार्दै किरात सामुदाय तथा समग्र नेपाली समुदायको एकता विकाशको बारेमा आफ्नो विचार राखेका थिए।

 

कार्यक्रममा बोल्दै  युनाईटेड किरात  राई  अर्गनाइजेसन  अफ  अमेरिका (युक्रा)का केन्द्रिय अध्यक्ष जय कुमार राईले साकेलाको शुभकामना व्यक्त गर्दै अमेरिकामा किराती साकेला थान स्थापना गर्नु पर्नेमा जोड दिएका थिए। भने सोही अवसरमा अध्यक्ष राईले युक्राकी केन्द्रिय निवर्तमान अध्यक्ष मूना राईलाई मायाको चिनो समेत प्रदान गरेका थिए।

त्यस्तै, कार्यक्रममा बोल्दै युक्रा ट्याफ् च्याप्टरका अध्यक्ष इवन राईले अमेरिकामा रहेका सम्पूर्ण  किरातीहरु एकजुट भएर आफ्नो आवाज बुलन्द  बनाउँदै यहाँका सरकारबाट पनि सहयोगको पहल गर्नु पर्नेमा जोड दिएका थिए

युक्राका पूर्वअध्यक्ष विष्णु राईले साकेला पर्वको मिथक सुनाए। उनले भनेउहिले किराती पुर्खाहरुले सिकार गर्ने क्रममा सिकार ल्याएपछि सिकारको वरिपरि घुम्दै नाच्ने चलन नै अहिलेको साकेलाको पर्व हो यो साकेला पर्व हालसालै मान्न थालिएको नभैईतिहासको निक्कै पुरानो कालखण्ड देखि मान्दै आएको हो

कार्यक्रमका प्रमुख अतिथी अमृत  बहादुर  राईले  अमेरिकामा बसोबास गर्ने किराती तथा गैरकिराती नेपालीहरु एकजुट भएर अगाडिबढ्नु पर्ने विचार राखेका थिए। साकेलाको शुभकामना दिँदै राईले साकेला पर्वले अमेरिकामा बसोबास गर्ने किराती तथा गैरकिरातीनेपालीहरुलाई एकजुट हुन् थप बल पुगेकोमा खुसी व्यक्त गर्नुभएको थियो

कार्यक्रममा विशेष अथितिका रुपमा जनजाति महासंघ अमेरिका (फ़िप्ना)का राजकुमार विष्ट, युक्राका पूर्वअध्यक्ष, जनजाति महासंघअमेरिका (फ़िप्ना)का पूर्वसल्लाहाकार तथा एनआरएनएका पूर्वउपसभापति मिलन राई, जनजाति महासंघ नेपालका पूर्वउपसभापति डन्डूशेर्पा, एनआरएनए आईसिसि उपाध्यक्ष बिआर लामा, महावाणीज्यदुत न्युयोर्क कार्यालयका गणेश अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, प्रवासी नेपाली एकता मन्चका वरिष्ठ नेता राधा कृष्ण देउजा, युक्राका पूर्वसभापति तथा साकेला थान संयोजक विष्णु राई, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राई, युनाईटेड किरात राईअर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु इंग्ल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई तथा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका(युक्रा) क्यालिफोनिया च्याप्टरका महासचिव टक्सन राईले शुभकामना मन्तव राखेका थिए।

त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्ग, शेर्पा संघका अघ्यक्ष जाङ्ग्बु शेर्पा, तमु समाज युएसएका अध्यक्ष तोरण गुरुङ, सुनुवार समाज युएसएका अध्यक्ष मोहन सुनुवार, तामाङ्ग समाज अमेरिकाका अध्यक्ष छेवाङ्ग लामा, शेर्पा क्युदुङ्ग युएसएका अध्यक्ष छिरिङ्ग शेर्पा, फ़िप्नाका सभामुख शुवर्ण शाक्य, मगर संघ अमेरिकाका महासचिव दिप सागर बुढा, किरात याक्थुङ्ग चुम्लुङ्ग युएसएका अध्यक्ष सुमन थाम्सुहाङ्ग, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का निवर्तमान सल्लाहाकार तथा मिडिया संयोजक  सुरेश चाम्लिङ्ग, म्याग्दी समाज  युएसएका अध्यक्ष भविन शेर्पान्ज, थारु सामाज युएसएका अध्यक्ष दिपक चौधरी, हामी नेपाली ग्लोबलका वरिष्ठ उपाध्यक्ष नवराज  केसी, प्रवासी नेपाली मन्च न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिङ्देन, खालिङ्ग समाज युएसएका अध्यक्ष मक्कर खालिङ्ग राई, मुगुम समाज युएसएका अध्यक्ष वाङ्ग्ला लामा, प्रवासी नेपाली एकता मन्च कोष अध्यक्ष न्युयोर्क च्याप्टर अध्यक्ष सौमिन्द्र रञ्‍जित, किरात राई समाज अमेरिकाका न्युयोर्क च्याप्टर उपाध्यक्ष संदेश राई, प्रवासी नेपाली एकता मन्च कोषाध्यक्ष उमा लामा, जनजाति महासंघ अमेरिकाका पुर्वमहासचिव दिपेश लिम्बु, जनजाति महासंघ  अमेरिकाका पुर्व उपसभापति डण्डु  शेर्पा, मधेसी एसोसियसन अफ अमेरीकाका अध्यक्ष सत्यन्द्र शाह तथा हिमानी ट्रष्टका अध्यक्ष जोन खड्गीले साकेलाको शुभकामना मन्तव दिएका थिए।

कार्यक्रममा यूनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा) तथा किराती समुदायलाई विशेष योगदान दिएका पत्रकार  शान्तिराज राई, कलाकार  तथा नृत्य निर्देशक गोविन्द राई, गायिका यशोदा खालिङ  राई, गायक अभए ढुंङ्गेल र गायक बिमल डाँगीलाई  सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा कलाकार तथा आजिबन सदस्यहरुलाई  प्रमाणपत्र वितरण गरिएको थियो। औपचारिक कार्यक्रमको सन्चालनसन्तोष राई  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरकी महासचिव सूसना राईले गरेका थिए।

उक्त अवसरमा मन्जु राईले यूनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका (युक्रा)को सबै च्याप्टर अध्यक्षहरुलाई पुष्प गुच्छाले स्वागत गर्दै आफ्नो क्षेत्रमा साकेला थान स्थापना गर्न सुझाईन्।  उनी प्रमुख अतिथी अमृत बहादुर राईकी पत्नी हुन्।

त्यस्तै, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङले प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत बहादुर राई, विशेष अथिति महावाणीज्यदुत न्युयोर्कबाट बाणिज्यदुत गणेश अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई पुष्प गुच्छाले स्वागत गरेकी थिईन्।

त्यस्तै, एसिया प्यासिफिक युनाईटेड सिटिज एण्ड लोकल गभर्मेन्ट अध्यक्ष, जाकार्ता, इन्डोनेसिया तथा  धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यन्जु श्रेष्ठले किरातहरु नेपालको दोलखा, रामेछाप सोलुखुम्बुदेखि इलाम झापादेखि भारत लगायत विश्वको धेरै मुलुकमा रहेर नेपाल नेपालीको शान बढाएको बताए।

त्यसै अवसरमा नछुङ्ग पदम बहादुर राईको शिर उभ्याउनी कार्यक्रम सम्पन्न भएको थियो। प्रवासी नेपाली एकता मन्च अमेरिकाका नेता राधा कृष्ण देउजाले नेपालीहरु विश्वका जुनसुकै स्थानमा रहे पनि सबै नेपाली संस्कार संस्कृतिको संरक्षण सम्वर्धनमा लाग्नु पर्ने विचार व्यक्त गरे । 

हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले सम्पूर्ण नेपालीले विश्वको कुनै पनि स्थानमा रहेर पनि नेपाल नेपालीको इमान, इज्जत  संस्कृतिको प्रबर्धन गर्नु पर्ने बताए।

त्यस्तै, विशेष अथितिका रुपमा जनजाति महासंघ अमेरिका (फ़िप्ना)का राजकुमार विष्टले साकेलाको शुभकामना व्यक्त गर्दै सबै नेपालीहरु एकजुट एकमत भएर संगै अगाडि बढ्नु पर्ने विचार ब्यक्त गरेका थिए

 

 

Loading...