
न्युयोर्कमा हुने चौथौ बिश्व नेवा सम्मेलन २०२२मा मदन कृष्ण श्रेष्ठ आऊदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेवा गुठी न्युयोर्क र विश्व नेवा संगठन,अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स स्थित लाग्वार्डिया प्लाजा होटलमा “चौथौ बिश्व नेवा सम्मेलन २०२२” हुने भएको छ ।
आगामी अगष्ट ५ ,२०२२ देखि अगस्ट ७ सम्म चल्ने उक्त ३ दिने सम्मेलनमा बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र उहॅाको परिवारको बिशेष उपस्थिती रहने छ ।

प्रवासमा रहेका नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा उक्त सम्मेलन हुने भएको हो ।

सम्मेलनमा नेवारी जातिको पहिचान झल्किने कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् ।