
किरात याक्थुङ चुम्लुङको मौलिक पर्ब सिसेक्पा तंगनाम न्युयोर्कमा सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले गत जुलाई १७ -२०२२ आइतबारका दिन न्यूयोर्कको क्विन्सब्रिज पार्कमा भव्य र सभ्य तरिकाले आफ्नो वार्षिक मौलिक पर्ब सिसिकप मनाएको हो ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार बिस्टको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल जस्तै बिंगो, तानडोरी, छेलो हान्ने लग़ाएतको खेलहरु खेलिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित पाहुनाहरुले “यस्तो कार्यक्रमले संसार भरी रहेका लिम्बुजातीहरुको संस्कार, संस्कृती जगेर्ना हुने कुरामा जोड दिएका थिए ।” कार्यक्रमको समय भरी संगै रही स्वंयसेवाको काममा सहयोग पुर्याउनु भएका सम्पुर्ण सहयोगी र पाल्नु भएका आगन्तुकहरुलाई अध्यक्ष लिम्बुले धन्यबाद ज्ञापन गरेका थिए ।

