Banner

प्रवासी नेपाली एकता मंच र द गुरुङ(तमु )सोसाईटी,अमेरिकाको संयुक्त रक्दान कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क प्रवासी नेपाली एकता मंच अमेरिका   गुरुङ (तमु ) सोसाईटी,  अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइट्समा रक्दान कार्यक्रम सम्पन भएको

गत जुलाई २३ शनिवारको दिन सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो उक्त कार्यक्रममा प्रवासी नेपाली एकतामंचका तर्फ बाट  अध्यक्ष टेक गुरुङ , वरिष्ठ उपाध्यक्ष यम लामा , महासचिव शंकर पन्त सहितका ब्यक्तित्वहरुको उपस्थित रहेको थियो   भने सँस्थाका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्‍जित , सचिव देवकी पन्त , कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो गुरुङ ( तमु )  सोसाईटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको स्वयंसेवा गर्ने सक्रियता प्रशँसा योग्य थियो

रक्तदाता देखि आगन्तुकहरुलाइ फलफुल तथा खाना खुवाउने कार्य प्रशंसा योग्य देखिन्थ्यो  जनसम्पर्क समिति अमेरिकाका सभापतीआनन्द बिष्ट  , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार  बिष्ट देखि अन्य  विशिष्टहरुले रक्तदान देखि कार्यक्रममा रक्तदाताहरुको हौसला बढाउन सक्रिय रहेको देखिएको थियो

रगत अभावको यस जटिल समयमा उच्च गर्मिको बेवास्ता गरी रक्तदान कार्यक्रम हुनु महत्वपुर्ण  उपलव्धि भएको भन्दै आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएका  थिए   भने रक्तदाताहरुलाई आयोजक सँस्थाका पदाधिकारीहरुले सम्मान पत्र हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरेका थिए

 

Loading...