
गायिका मेलिना राईले “ईंगेजमेन्ट” तोडेकी छिन् ।
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । गायिका मेलिना राईले केहि समय अघि गरेको ‘ईंगेजमेन्ट’ तोडेकी छन् ।
गायिका राईले केहि समय अघि एरेन्जर तथा गिटारिष्ट संजिब बराईली संग ‘ईंगेजमेन्ट’ गरेकी थिईन् । ईंगेजमेन्ट गरेकै दिन आफ्नोसमाजिक संजाल फेसबुक मार्फत दुबैले खुशी साटेका थिए ।

आज जुलाई ५,२०२२ को दिन पुन: गायिका राईले आफ्नो सामाजिक संजालमा लेख्दै भनेकी छन् :
“बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनकोएउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमामेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्णशुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवागरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।🙏 “


